टिभिएसको विद्युतीय स्कुटर आईक्युब नेपालमा, पहिलो एक हजार ग्राहकलाई आकर्षक छुट

Advertisement

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ भृकुटीमण्डपमा जारी नाडा अटो शोमा लन्च गरेको छ । 

टिभिएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्ने भन्दै जगदम्बा मोटर्सले यो बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको बताएको छ । 

Advertisement

मंगलबार आयोजित लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका निर्देशक तथा सीईओ केएन राधाकृष्णनले टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको बताउँदै नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा गर्व लागेको बताए । 

टिभिएस नेपालको अग्रणी कम्पनी हो भन्दै उनले आफूहरुले टिभिएसको पोर्टफोलियोमा ईभी (विद्युतीय सामग्री)हरु थपेर नेपालमा आफ्नो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेको बताए । जगदम्बा मोटर्सले आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने राधाकिष्णनको विश्वास छ । 

टिभिएस मोटर कम्पनीको विद्युतीय गाडी हेर्ने वरिष्ठ उपाध्यक्ष मनु सक्सेनाले नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’ 

टिभिएस आईक्युबमा क्लास–लिडिङ डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण रहेको टिभिएस मोटर्सको भनाई छ । साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्यन्तै उपयोगी हुने कम्पनीको भनाई छ ।

टिभिएस आईक्युबले एक लाख ५० हजार भन्दा बढी भारतीय ग्राहकहरूलाई विद्युतीय सवारी साधनको अनुभव गराइसकेको जनाउँदै टिभिएस मोटर्सले यसबाट सात सय मिलियन किलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेको र पाँच हजार सात सय टनको कार्बन एमिशन घटाएको जनाएको छ । यो भनेको दश लाख रुख रोप्नु बराबर भएको कम्पनीको भनाई छ । 

नेपालमा हाम्रो सक्षम र फराकिलो आपÞm्टर सेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरू उपलब्ध गराउने आफूहरुको प्रयास हो भन्दै टिभिएस मोटर्सले यो भिजनलाई ध्यानमा राख्दै, टिभिएस आईक्युबको परीक्षण विगत केही महिनादेखि नेपालको विभिन्न भूभाग र मौसमको अवस्थाहरूमा व्यापक रूपमा गरिएको बताएको छ । 

जगदम्बा गु्र्रपका अध्यक्ष शाहिल अग्रवालले टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर  टिभिएस आईक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा आफूहरु धेरै उत्साहित रहेको बताए । उनले भने, ‘टिभिएस आईक्युबको लन्चले नेपाली ई–स्कुटरको  क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ । यसले हाम्रा ग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ । हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं ।’ 

टिभिएसको जुन पहिला देखिको रेन्ज छ त्यसैलाइ आईक्युबले पनि निरन्तरता दिने भन्दै अग्रवालले भविष्यको लागि नयाँ बेन्चमार्क सिर्जना गर्ने आशा व्यक्त गरे । नेपालमा अटोमोटिभ क्षेत्रमा ईभी प्रविधिको बढ्दो प्रयोग भइरहेको र टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाट ईभी लिने विकल्प दिएको उनले बताए । 

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्ने कम्पनीको भनाई छ । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । 

बत्तिस लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली)सँग आउँदछ जसले सिंगल चार्जमा सय किलोमिटरको रेन्ज प्रदान गर्दछ । 

टिभिएस आईक्युकमा ४.५ घन्टामा ०–८० प्रतिशत सम्म चार्जिङ टाइम रहेको छ । छ सय ५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ यो आउँछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको  ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई  रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब  एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै  म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ । 

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो एक हजार ग्राहकहरूका लागि चार लाख २९ हजार नौ सय रुपियाँको आकर्षक मूल्यमा उपलब्ध हुने जनाइएको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा गएर पनि यस स्कुटरबारे थप जानकारी हासिल गर्न सकिने कम्पनीको भनाई छ । 

टिभिएस आईक्युबका मुख्य विशेषताः 
–४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क 
–३.३४ किलोवाटको रेटेड पावर
–७८ किमी÷घण्टाको टप स्पिड
–४.२ सेकेन्डमा ०–४० किमी÷घन्टा एक्सेलेरेशन  
–१०० किलोमिटरको एकल चार्जको रेन्ज
–रिभर्स÷फर्वाड पार्किङ असिस्ट 
–७ इन्च टिएफटि क्लस्टर, ५–वे जोइस्टिकको साथ
–म्युजिक प्लेयर नियन्त्रण
–नाइट मोड
–स्मार्ट हेलमेट कनेक्टिभिटी 
–आगमन कल÷एसएमएस अलर्ट
–क्लस्टरमा कागजात स्टोरेज
–३२ लिटर अन्डरसीट स्टोरेज
–१० डिग्रीको ग्रेडेबिलिटी

Advertisement

Advertisement