सानिमा बैंकले आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । सानिमा बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको हो । 

Advertisement

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर वितरण गरिने छ । 

Advertisement

Advertisement