सुन तस्करीमा संलग्न कांग्रेसका मन्त्रीबारे एमालेले सरकारसँग जवाफ माग्यो
कांग्रेस नेता तथा मन्त्री तीर्थ लामा र तरुण दलका विकास लामा

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा नेपाली कांग्रेसका नेता तथा बाग्मतीका मन्त्रीको नाम पनि जोडिएपछि यससम्वन्धमा सरकारको जवाफ माग गरेको छ ।

शनिबार बसेको प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा नाम जोडिएका कांग्रेस नेताको बारेमा ध्यानाकर्षण गराएका छन् । 

Advertisement

केही दिनअघि दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो । पक्राउ परेका उनीहरुको बयान लिँदा काभ्रेका तरुण दलका नेता विकास लामा र बागमतीका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको संलग्नता खुलेको हो । 

नेता थपलियाले सुन तस्करीमा मन्त्रीको नाम आइसकेपछि सरकार बेखबर भएर बस्न नहुने भन्दै प्रश्न उठिसकेपछि राजीनामा दिनुपर्ने पनि बताए । 

Advertisement