निक्षेप तथा कर्जा सुरक्षण कोषको ‘वाकाथन’मा राजश्व सचिवदेखि डेपुटी गभर्नरसम्म दौडिए

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण  कोषको ५०औं बार्षिकोत्सवको अवसरमा शनिबार वाकाथन तथा फाइभ के रन रन आयोजना गरियो । 

कोष यही असोज ४ गते आफ्नो स्थापनाको ४९ वर्ष पूरा गरी ५०औं वर्षमा प्रवेश गर्दैछ । स्वर्ण वार्षिकोत्सवको यस अवसरमा शुक्रबार क्विज आयोजना गरेको कोषले आज गरेको वाकाथनमा राजश्वसचिव रामप्रसाद  घिमिरेदेखि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष सुनिल केसीसम्मले सहभागिता जनाएका थिए । 

Advertisement

कोषले आजको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जनायो । बैकिङ्ग अनुशासन सचेतनाका लागि यो कार्यक्रम गरिएको कोषको भनाई छ । बिभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको वाकाथनमा कूल पाँच सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । 

उपस्थित भएकाहरुले बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले ‘लिएपछि बैंकबाट ऋण – तिर्नै पर्छ कुनै न कुनै दिन’, ‘कर्जाको किस्ता ब्याज समयै तिरौं – जिम्मेवार नागरिकको परिचय दिउँ’, ‘यति कुरा बुझौं है साथी – बैंकको ऋण हुँदैन माफी’ लगायतका वित्तीय सचेतनामूलक नारा अंकित टि–सर्ट लगाएका थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको वाकाथन तथा दौड कमलपोखरी, ज्ञानेश्वर, नक्साल भगवतीबहाल, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठान परिसर पुगेर समाप्त भएको थियो । 

फाइभ के रनअन्तर्गत नेपाल आर्मी तथा नेपाल प्रहरीका धावकहरु लगायत अन्य व्यवसायिक धावक तथा इच्छुक सर्वसाधारण समेतले दौड प्रतियोगितामा प्रतिस्पर्धा गरेको कोषका सीईओ रमेश घिमिरेले बताए ।  

दौड प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल प्रथम, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ द्वितीय र त्रिभुवन आर्मी क्लबका श्रीकाश राई तृतीय भए । प्रथमहुनेले १७ः५० मिनेटमा, द्वितीय हुनेले १८ः१३ मिनेटमा र तृतीय हुनेले १८ः३५ मिनेटमा तोकिएको दुरी पार गरे । 

त्यसैगरी महिलातर्फ २१ः५० मिनेटमा दौड पूरा गरी नेपाल पुलिस क्लबका राममाया बुढा प्रथम, २१ः५७ मिनेटमा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने द्वितीय र २३ः०७ मा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डे तृतीय भए । 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला धावकहरु दुवैलाई जनही रु. १५ हजार, दोस्रो हुने पुरुष र महिला धावक दुवैलाई जनही रु. १० हजार र तेस्रो हुने पुरुष तथा महिला धावक दुवैलाई जनही रु. ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । 

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement