राशिफलः आज (भदौ ३१) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको ३१ गते आइतबार, भाद्र शुक्लपक्षको द्वितीया तिथि । आज तीजको दर खाने दिन । आज भाद्र मसान्ति अर्थात भदौको अन्तिम दिन ।

मेष 
धार्मिक सहभागिता तथा भजन– कीर्तनबाट शान्ति मिल्ने छ । बाठो खालको व्यक्तित्व हुने छ । मनमा बृढता आउने छ । भाग्य बलियो भएकाले आँटेका कुराहरु पुरा हुने छन् । तर आम्दानीमा भने गिरावट आउँदा यसले परिवारमा तनाव उत्पन्न गराइ दिने छ । परदेशीहरुको हकमा धेरै लाभ मिल्ने छैन् । शेयर बजारमा गुमाउनु पर्ने  छ ।

Advertisement

वृष
धामिक आस्तिकतामा गिरावट आउने छ । उदासिनताबाट गुज्रनु पर्ने छ । पेशागत जीवन औसत रहने छ । कमाई सोचे जस्तो नहुँदा पारीवारिक खर्चका विषयमा श्रीमान श्रीमतीबीच बुझाईको अन्तर पर्ने छ । दाजुभाइका बीच द्वन्द चर्किने देखिएकाले संयमित रहनु होला । छोटो–छोटो यात्रा गर्नु पर्ने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ नभए पनि सकारात्मक भने रहने छ । 

मिथुन 
धार्मिक जमघट तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुँदा उत्साह बढ्ने छ । उपहार प्राप्त हुने छ । दाम्पत्य जीवनमा मिठास आउने छ । आम्दानीमा केही बृद्धि हुनेछ । परिवारमा द्वन्दको अवस्था आउने छ । बोलीको प्रभावकारितामा कमि आउने हुँदा यसबारेमा ध्यान दिनु उपयुक्त हुने छ । मनमा दुविधाले असाध्यै सताउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

कर्कट
आस्तिक स्वाभाव हुँदाहुँदै पनि परिस्थितिले धार्मिक कार्यक्रमहरुमा सहभागि हुन कठिन हुने छ । परिवारमा किचलो आउने छ । मनमा धेरै उदासिनता नदेखिए पनि उत्साहको भने केही कमि हुने छ । निराशाजनक विचार मनमा आउने भएकाले सकारात्मक सोचको विकासमा ध्यान दिनु होला । पेशागत जीवन भने औसत रहने छ । शेयर बजार औसत रहने छ ।

सिंह
आफ्ना मूल्य मान्तया प्रति आस्थाको विचार भन्दा नैराश्यताका भावले पेल्ने छ । भाग्यको साथ नभएकाले चालेका कदमहरु कम मात्र सफल हुने छन् । पेशागत जीवनमा अनुमान नगरिएका समस्याहरु देखिने छ । परिवारको साथले गर्दा कठिनाईका क्षणहरुमा सँहालिन मद्धत मिल्ने छ । कार्यालयमा आफ्ना हाकिमहरुसँग समझदारी हुन कठिन हुने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ । 

कन्या
आफ्नो सांस्कृतिक गतिविधिहरुप्रतिको विश्वासमा प्रगाढता आउने छ । रिस भने असाध्यै कडा हुने छ । कसैसँग पनि नदब्ने स्वाभाव हुँदाहुँदै पनि आवश्यक स्थानमा लचक स्वाभावमा कमि आउँदा अरुले घमण्डि अनुभूत गर्ने छ । रिस धेरै हुने हुँदा झगडाको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । पेशागत जीवन मध्यम हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

तुला
रङ्ग–रमाईलो र नाचगानमा सहभागि हुन पाइने छ । मनोबलमा गिरावट आउँदा गर्न सक्छु भन्ने भावनामा गिरावट आउने छ । बौद्धिक क्षेत्रका विषयहरुमा मन केन्द्रीत नभई हल्का फुल्का विषयमा अल्झिने छ । मन भारी हुने र विरही विचार मनमा आउने छ । बोलीमा रुखोपन आउने भएकाले यस विषयमा सतर्क रहनु नै वेस हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

वृश्चिक
रसिक स्वाभावमा कमि आउने छ । मानसिक र शारीरिक थकानले सताउने छ । पेशागत जीवनमा सन्तुलनको अभाव हुन जाने छ । बादबिबाद र झैझगडाबाट सकभर बच्ने प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा पनि अन्योलता उत्पन्न हुने छ । परिवारको भने बलियो साथ पाइने छ । शेयर बजार औसत खालको रहने छ ।

धनु 
सामाजिक कार्यक्रमहरुमा सहभागि हुन पाइने छ । आम्दानीमा सुधार आउने छ । पेशागत जीवनमा कामको कदर हुने छ । भाग्यको साथ बृद्धि भएकाले धेरै आत्तिनु पर्ने समय देखिँदैन् । बौद्धिक पेशामा आवद्धहरुको हकमा बौद्धिक स्तरमा क्षय हुने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि नआउँदा आफैले गरेका निर्णयप्रति पछि असन्तुष्टि मनमा आउने छ । शेयर बजारबाट फाइदा हुने छ ।

मकर
पारीवारिक कार्यक्रमहरुमा सहभागि हुन उत्साह आउने छैन् । मेहनत गरे बमोजिम प्रतिफल नआउँदा निराशाका क्रम बढ्ने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु अलपत्र पर्ने छन् । पेशागत जीवन भने शुभ नै रहने छ । विशेषगरी सेवा क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल देखिन्छ । विगतका विचारले मनमा एकोहोरो पश्चातापको वातावरण बनाई राख्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कुम्भ 
रसिलो र लचक स्वाभावको व्यक्तित्व हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । कमाईमा पनि बृद्धि नै हुने छ । तर मनमा आउने अन्योलताको क्रम रहिरहँदा निर्णय क्षमतामा सुस्तता आउने छ । परिवारमा द्वन्दका क्रम देखिने छ । शारीरिक र मानसिक रुपमा दुर्वलता देखा पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मीन
पारीवारिक जमघटमा रमाईलो हुने छ । धार्मिक–सांस्कृतिक स्वाभावमा बृद्धि हुने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा अनुकुलता आउने छ । बाठो खालको व्यक्तित्व बन्दा अरुले हेप्न सक्ने छैनन् । परिवारमा मिलनको वातावरण बन्ने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ भने आँटेका कामहरु पुरा हुने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement