नबिल बैंकले सोलुखुम्बुको नाम्चेमा खोल्यो नयाँ शाखा

Advertisement

सोलुखुम्बु । नबिल बैंकको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ ।  बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र सीईओ ज्ञानेन्द्र ढुंगाना र पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । 

Advertisement

कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए । 

बैंकका सीईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । 

बैंकले देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिएको छ । 

Advertisement

Advertisement