नेपाल एसबिआई मर्चेण्टको सीईओमा लेखनाथ पोख्रेल नियुक्त

Advertisement

काठमाडौं । नेपाल एसबिआई मर्चेण्टको सीईओमा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । 

सञ्चालक समितिको आज बसेको बैठकले पोख्रेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पोख्रेललेले नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

Advertisement

बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् । 

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । 

Advertisement

Advertisement