एशियन गेम्समा भाग लिन नेपाली महिला फुटबल टोली चीन गयो

Advertisement

काठमाडौं । चीनको गोन्जाउमा हुन लागेको १९औं एशियन गेम्समा भाग लिन नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने एशियन गेम्समा नेपाली महिला फुटबल टोलीले पहिलो पटक खेल्न लागेको हो । बालगोपाल महर्जनले प्रशिक्षण प्रदान गर्दै आएको रेनुका नगरकोटी कप्तान रहेको २२ नेपाली खेलाडी चीन गएका हुन् । 

Advertisement

नेपाल फुटबल खेलको समूह ‘डी’मा रहेको छ । यो टिममा जापान, भियतनाम, बंगलादेश पनि रहेको छ । नेपालले पहिलो खेल भियतनामसँग सेप्टेम्बर २२ मा, दोस्रो खेल जापान सेप्टेम्बर २५ र तेस्रो खेल बंगलादेशसँग सेप्टेम्बर २८ मा खेल्नेछ । 

एशियन गेम्समा खेल्न अन्य विधाका खेलाडीहरु पनि चीन जाने क्रम जारी छ । 

Advertisement