हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । 

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.hathwaynepal.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

Advertisement

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाँ बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपियाँका दरले आईपीओ निष्काशन खुला गरेको थियो । 

कूल निष्काशन मध्ये ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, १ लाख ४६ हजार २५०  कित्ता सामूहिक लगानी कोषलाई र २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकिएको छ । 

बाँकी २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।  इच्छुक लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । 

undefined

Advertisement

Advertisement