व्याख्यात्मक घोषणासहित एमसीसी पास नगरेको भए नेपाल विदेशीको गुलाम भइसक्थ्यो’

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको जिकिर गरेका छन् । 

सो षड्यन्त्रबाट होशियार रहनुपर्ने उनको भनाई छ । नेता नेपालले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताउँदै गठबन्धन बनाउने काममा भूमिका आफूहरुले नै खेलेकोले जोगाउन पनि भूमिका खेल्ने बताए । आफूलाई कस्ले गठवन्धनबाट निकाल्न खोजेको हो ? सो कुरा भने उनले खुलाएनन् । 

Advertisement

अनुचित कुराका बिरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताउँदै माधव नेपालले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु ।’

उनले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने थियो भन्दै व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको तर्क गरे । माधव नेपालले एमसीसीको घोर बिरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने थिए भने । 

एमसीसीको बिरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताए । 

Advertisement

Advertisement