मीड सोलु हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज असोज २ गते मंगलबार अन्तिम दिन हो । 

इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । 

Advertisement

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई ७४ हजार ८ सय ४० कित्ता बिक्री गरिसकेको कम्पनीले कर्मचारीहरुलाई १४ हजार ९ सय ६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४ सय २० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । 

सर्वसाधारणहरुलाई छुट्याइएको ६ लाख २१ हजार १ सय ७२ कित्ता ६२ हजार १ सय १५ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाउने छन् । 

कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ बाट विद्युत उत्पादन गर्दै आएको छ । 

Advertisement