भृकुटीमण्डपमा शुरु भयो टिभिएसको च्याम्पियन्स एक्सचेन्ज मेला, आर्कषक छुटको व्यवस्था

Advertisement

काठमाडौँ ।  नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । 

असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ । यस मेलामार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु १० हजार बढी मूल्य पाउने छन् ।

मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद रु. ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ । 

साथै, हरेक महिना लक्कि ड्र मार्फत सत् प्रतिशत क्याश ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।  यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । 

यसबाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् । 

Advertisement