‘राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेण्ट’ले पुँजीबजार समस्या आयो’

शेयर बजार घट्नै हुँदैन भन्ने ‘मास साइकोलोजी’ भनेको बजारको आधारभूत ज्ञान नहुनु होः पौडेल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले गरेको ‘माइक्रो म्यानेजमेण्ट’को कारण शेयर बजारमाथि उठ्न नसकेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितोकर्जामा १२ को नीति लिने मात्रै नभएर बैंकहरुको प्रोडक्ट कम्पनी नै किटान गरेर कर्जा दिनु भन्नु गलत भएको बताए । 

Advertisement

पौडेलले पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुको शेयर कर्जाका प्रोडक्टहरुमा समेत चासो दिने गरेको भन्दै राष्ट्र बैंकप्रति असन्तुष्टि पोखे । उनले राष्ट्र बैंकले नै शेयर बजारमा लगानी गर्ने प्रोडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेण्ट गर्ने  कुरा गलत भएको बताए । 

पौडेलले पुँजीबजारमा कति लगानी गर्ने ? भन्ने विषयमा बैंकका सीईओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो भएको पनि टिप्पणी गरे । उनले नियमनकारी निकायहरुले यस्तो गर्दा पुँजीबजार तलमाथि हुनु लगानीकर्ताहरुको विमति भएको बताए । पौडेलले १२ करोडको शेयर धितोकर्जाको सीमा व्यक्तिगत लगानीकर्ताको लागि प्राप्त भए पनि संस्थागत लगानीकर्ताहरुको हकमा लागू गर्नु नेप्से परिसूचक गिरावटको प्रमुख कारण रहेको बताए । 

उनले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा व्यक्तिगतको लागि १२ करोड ठिक भएको भन्दै संस्थागत लगानीकर्ताको लागि पनि एउटै नीति लागू राम्रो नभएको उल्लेख गरे । सार्वजनिक निष्कासन गर्ने कम्पनी १० कित्ते नीतिले गर्दा आईपीओ भर्ने २७ लाख आवेदकको पछि लागेर बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु प्रिमियमतर्फ लागेको पौडेलको तर्क छ । 

संस्थागत लगानीकर्तालाई शुन्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्थालाई सन्तुलन गर्नुपर्ने बताउँदै उनले शेयर बजार घट्नै हुँदैन भन्ने मास साइक्लोलोजी हुनुले बजारको आधारभुत ज्ञान छैन भन्ने बुझ्नुपर्ने बताए । उनले पुँजीबजार घट्ने र बढ्ने प्रक्रिया प्राकृतिक भएको बताए । 

पौडेलले भने, ‘शेयर बजार घट्न हुँदैन भनेर कसैले भन्छन् भने पुँजीबजारको विषयमा मास साइक्लोलोजीको आधारभुत ज्ञान छैन । पुँजीबजार घट्नु र बढ्नु नै सुन्दर पक्ष हो । विश्व बजारमा हेर्नुभयो भने सुनको महत्व कहिल्यै घटेको छ । सुनको महत्व नघटे पनि बजार मूल्य एकदमै तलमाथि भएको हुन्छ । त्यो पनि सुन्दर पक्ष हो ।’ 

उनले थपे, ‘राज्यको नीतिगत अस्थिरताको कारणले पुँजीबजार घट्नु वा बढ्नु लगानीकर्ताहरुको आपत्ति हो । नेपालको पुँजीबजार किन मजबुत भएन ? भनेर पनि हेर्नुपर्छ । पुँजीबजारका ७ देखि ८ लाख लगानीकर्ताबाट ५७ लाखसम्मको डिम्याट एकाउण्ड बनाउँदा पाँच लाख घटाउँदा ५० लाख हाराहारी हुँदा वा २७ लाख लगानीकर्ता एक्टिभ हुँदा पुँजीबजारलाई कुन स्थान दिऔं । हामीले संस्थाहरुलाई नियमन गरौं । नेपाली पुँजीबजारको सबैभन्दा खराब पक्ष त्यो थियो । दुई लाखबाट २७ लाख लगानीकर्ता पुगे । मार्केटलाई कमाण्ड गर्ने र बजारलाई घटबढ हुन नदिनेहरु संस्थाहरु थिए । संस्थाहरुलाई हामीले शुन्य बनायौं । व्यक्तिलाई सरकारले प्रोमोट गर्यो । त्यसमा पनि १० कित्ते नीति ल्याएर प्रोत्साहन गर्यो । अहिले बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु २७ लाख लगानीकर्ता देखेर प्रिमियमतर्फ लागेका छन् । बुक बिल्डिङ प्रणालीमा भएको भए भविष्यको समेत बजार मूल्याङ्कन गरेर बजार मूल्य कोट गर्ने थिए । त्यसले व्यक्तिगत लगानीकर्तालाई पनि गाइड गर्ने थियो ।’ 

Advertisement

Advertisement