विश्व कीर्तिमानी मिङ्गमा शेर्पाद्धारा मनास्लु हिमालको सफल आरोहण

Advertisement

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्गमा शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको सफल आरोहण गरेका छन् । 

उनले आज बिहान ५ः४५ बजे मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेका गरेको सेभेन समिट ट्रेक्स कम्पनीका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले जानकारी दिए । मिङ्गमा शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष हुन् । 

Advertisement

उनी दक्षिण एसियाकै पहिलो पर्वतारोही हुन्, जसले विश्वको आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु चुमेका थिए । साथै यस सिजनमा उनले मनास्लु हिमालको मुख्य चुचुरो चढे । यसअघि शेर्पाले २००० मा मनास्लु हिमालको सफल आरोहण गरेका थिए । 

Advertisement

Advertisement