तेन्जेन, मिङ तेम्बा र पासाङ नुर्बु शेर्पाले गरे मनास्लु हिमालको सफल आरोहण

Advertisement

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको बिना अक्सिजन सफल आरोहण गरेका हुन् ।  

मिङ तेम्बा शेर्पा र पासाङ नुबु शेर्पाले आज बिहान २ बजे मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले आजै बिहान ५ः४५ मिनेटमा मनास्लुको सफल आरोहण गरेका हुन् । 

Advertisement

गाइड तेन्जेन (लामा) शेर्पाले नर्वेकी आरोही क्रिस्टिन हरिलासँगै हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका थिए । विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहणसँगै तेन्जेन र क्रिष्टिनले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान बनाएका थिए ।

तेन्जेन (लामा) शेर्पासगैं मिङ तेम्बा शेर्पाले पनि पाकिस्थानमा रहेको हिमालहरु आरोहण गर्न गाइड गरेका थिए । ​मिङ तेम्बा शेर्पाको पनि १४ पिक सम्पन्न हुन अब चो ओयु, शिशापाङ्मा र धौलागिरि हिमाल चढ्न बाँकी छ । 

Advertisement

Advertisement