सगरमाथा आरोही रोकायाले गरिन् मनास्लु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । 

उनले आज बिहान ५ः२० बजे मनास्लु हिमालको सफल आरोहण गरेकी पायोनियर एड्भेन्चर कम्पनीका कार्यकारी निर्देशक निवेश कार्कीले जानकारी दिए ।

Advertisement

 साइपाल गाउँपालिका-४ धुलीकी रोकायाले  ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित यसअघि सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी थिइन्​ । सगरमाथामा पाइला टेक्ने उनी पहिलो बझाङी हुन्।


 

Advertisement

Advertisement