देशभर साढे ३५ हजार घरजग्गा किनबेच, ३ अर्ब ४ करोड उठ्यो राजस्व

Advertisement

काठमाडौं । देशभर ३५ हजार ६ सय ८६ वटा घरजग्गा खरिद बिक्री भएका छन् । भदौ महिनामा ती  घरजग्गा खरिदबिक्री भएको हो ।

कित्ताकाट खुलेपनि खरिदबिक्रीमा भने रौनक आउन सकेको छैन। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनामा २८ सय ४३ पटक नामसारी भएको छ । यस्तै ९ हजार ३ सय ८५ पटक शंशोधन भएको छ भने २१ सय ६५ पटक हाल साबिक भएको छ । 

Advertisement

यसैगरी ३५ हजार ४ सय ३६ वटा घरजग्गा रोक्का भएको छ भने २४ हजार १४ वटा जग्गा फुकुवा भएका छन् । भदौमा ३ अर्ब ४ करोड राजस्व संकलन भएको छ ।

Advertisement