एनएमबि बैंक र बुद्ध एयरबीच सहकार्य, एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक

Advertisement

काठमाडौं । एनएमबि बैंक र बुद्ध एयरबीच सहकार्य सुरु भएको छ । आज (बिहीबार) बैंक र बुद्ध एयरबीच एक वर्षको लागि सहकार्यको सम्झौता भएको हो । सम्झौताअनुसार बुद्ध एयरसँगको सहकार्यमा बैंकले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भिसा कार्ड सार्वजनिक गरे । बैंकले पहिलो कार्ड अजयरत्न शाक्यलाई प्रदान गर्यो । 

Advertisement

सीईओ केसीले यो सहकार्य बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने आशा व्यक्त गरे । उनले यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने बताए । यस कदमसँगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको केसीको भनाई छ । 

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले वि च्याटमार्फत चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने बताए । 

भिसा डेबिट कार्ड बोक्ने यात्रुले बुद्ध एयरमार्फत यात्रा गर्दा लगेजको सिलिङ भन्दा पाँच केजी बोक्न पाइने कम्पनी जनाएको छ । साथै यात्रुहरुको टिकट रिफन्टलाई पनि बैंकले नै एक पटकको लागि रिफण्ड दिने गरि सहकार्य भएको छ । 
 

Advertisement

Advertisement