बैंकहरुले ब्याजदर घटाउनुपर्ने बेलामा झन बढाएको भन्दै अर्थमन्त्री रुष्ट

निक्षेप तथा कर्जा सुरक्षण कोर्षको कार्यक्षेत्र अब बढाउनुपर्छः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षण कोर्षले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका छन् । 

कोर्षको ५० औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ ।’ अर्थतन्त्रमा समस्या भए पनि ती विस्तारै कम हुँदै गएको दावी गर्दै महतले समस्या समाधानका लागि सरकारले सहजीकरण गर्ने काममा कमी हुन नदिएको दावी गरे । 

Advertisement

सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन् भन्दै मन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको, अर्थतन्त्रमा रिर्सोस आइरहेको बताए । तर यही हुँदा पनि अर्थतन्त्र चलायमान भएको छैन भन्दै महतले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने ? भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र । अहिले खर्च गर्न ठीक समय होइन् । लगानी नगरौं । बैंकहरुले लगानी नगरुन । पैसा थुपारुन । राखून भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’ 

मन्त्री महतले आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ भन्दै राजश्वमा परेको दबाब अन्त्य हुन्छ भने । उनले राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्ने बताए । 

कोषले चार करोड १८ लाख रुपियाँ निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको भन्दै उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।’ 

सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई कोषले सेवा विस्तार गरेको छ भन्दै महतले थपे, ‘जब हामी लगानी गछौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ । त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ । साना साना कर्जा प्रवाह हुन्छ । साना साना उद्योग स्थापना हुन्छ । त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ । साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ । यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन् ।’

उनले प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ भन्दै डिजिटल एकाउन्टिङको कुरा भइरहेको, आईटीमा क्रान्ति आएकोले ट्रानजेक्सनको खर्च घटाएको बताए । महतले यसलाई हामीले ग्रहण गर्न जरुरी रहेको बताए । निक्षेप तथा कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने उनले बताए । महतले यसले उच्च व्यवसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको बताए । 

उनले बैंकहरुले ब्याजदर बढाउने काम गरेकोमा पनि असन्तुष्टि पोखे । महतले बैंकमा तरलता बढेको बेलामा समेत ब्याजदर बढाउने काम भएको भन्दै ब्याजदर घटाएर लगानीको वातावरण बनाउन सल्लाह दिए । 

Advertisement

Advertisement