‘एक कम्पनी एक अभिकर्ता’को नीति लघुबीमा कम्पनीहरुको हकमा लागू नहुने

Advertisement

काठमाडौं । लघुबीमा कम्पनीहरुका लागि ‘एक अभिकर्ता एक कम्पनी’को नीति लागू नहुने भएको छ । स–साना बीमा मात्र गराउन अभिकर्ताहरु तयार नदेखिएपछि प्राधिकरणले यस्तो नीति अपनाइएको हो । 

विराटनगरमा प्रधान कार्यालय रहेको गार्डियन लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले लघुबीमा कम्पनीले साना साना बीमा मात्रै गराउने भएकाले ‘एक अभिकर्ता एक कम्पनी’को नियमका कारण कोही पनि अभिकर्ता काम गर्न तयार नभएको सन्दर्भमा प्राधिकरणको निर्णय सकारात्मक आएको बताए र 

Advertisement

उनले पूराना अभिकर्ताहरु नियूक्त गर्न पाउने व्यवस्थाले पनि आफूहरुलाई केही सहज भएको बताए । भण्डारीले कर्पोेरेट नेपालसँग भने, ‘लघुबीमा कम्पनीहरुलाई अन्य ठूला बीमा कम्पनीहरुकै अभिकर्ताले बीमा गराउन मिल्ने व्यवस्था गरिएको छ । बीमा बुझ्नुभएका पूराना अभिकर्ताहरुले काम गर्न पाउने व्यवस्थाले लघुबीमामा अभिकर्ता राख्न मद्दत नै गर्छ भन्ने लाग्छ ।’

यता नेपाल बीमा प्राधिकरणलाई भने नयाँ बीमा ऐन २०७९ अनुसार लघुबीमाका लागि मात्रै नयाँ अभिकर्ता तयार पार्न ठूलो सकस परेको देखिन्छ । लघुबीमा कम्पनीका लागि नयाँ अभिकर्ताहरु राख्न नमिल्ने बाध्यता भएकाले नै पूराना अभिकर्ताहरुबाटै काम गर्ने प्रावधान ल्याइएको प्राधिकरणका केही कर्मचारीहरुको भनाई छ । 

उनीहरुले हाल नयाँ अभिकर्ताहरु नियुक्त गर्न नयाँ अभिकर्ताहरुको परीक्षा लिने अवस्था नरहेको बताए । अहिले लघुबीमा कम्पनीकै अभिकर्ताहरुकै लागि छुट्टै प्रश्नपत्र तयार भएको छैन् । त्यस्तै, लघुबीमामा मात्रै काम गर्दा अभिकर्ताहरुले पाउने सुविधा के कस्तो हुने हो ? केही टुङ्गो छैन । यस्तो अवस्थामा लघुबीमामा मात्रै काम गर्छु भन्ने दह्रो आधार नयाँ अभिकर्ताहरुले नभेटने भएकाले नै हाल काम गरिरहेका पूराना अभिकर्ता प्रयोग गर्न खोजिएको प्राधिकरण स्रोतले बतायो । 

तर, ठूला बीमा कम्पनीहरुको हकमा भने प्रधिकरणले एउटा कम्पनीको अभिकर्ता अर्को कम्पनीमा आवद्ध भएको थाहा पाएमा कारबाही गर्ने नीति कडाईका साथ अघि बढाएको अवस्था छ । एउटा जीवन बीमा कम्पनीको लागि आर्जन गरेको बीमाशुल्क, व्यवसाय अन्य बीमा कम्पनीमा पनि साटफेर गर्दा त्यसले समग्रमा वित्तीय विवरणमा समेत प्रभाव पार्नसक्ने प्राधिकरणको भनाई रहँदै आएको छ । 

साथै, अभिकर्ताहरु अवैध नेटवर्किङ बनाएर काम गर्ने भन्दै प्राधिकरणले त्यस्ता क्रियाकलापले अस्वस्थ प्रतिस्पर्धालाई बढ्वा दिएकोले एक अभिकर्ताले एक भन्दा बढी कम्पनीमा संलग्न हुन नपाउने व्यवस्था गरेको हो । सोही व्यवस्था लघुबीमा कम्पनीमा पनि हुबहु लागू हुनुपर्ने भए पनि प्राधिकरणले नयाँ अभिकर्ताहरुको परिक्षा लिएर मात्रै लाइसेन्स दिनुपर्ने व्यवस्था बीमा ऐनमा आए पनि तत्कालका लागि लघुबीमामा ‘एक अभिकर्ता एक कम्पनी’को बाध्यकारी नहुने व्यवस्था गरेको हो । 

Advertisement

Advertisement