प्रदेश सरकारले विपन्न बर्गको बीमा गर्नेतर्फ ध्यान दिनु पर्छः सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा प्रदेश सरकार र बीमा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलल प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका थिए ।

Advertisement

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिंदै बीमाबाट विपन्न बर्गको आर्थिक रक्षावरण हुनुका साथै गरीबी न्यूनीकरणमा समेत योगदान पुग्ने बताए ।

कार्यक्रममा बीमा सहजै हुने तर दाबी भुक्तानी दिने क्रममा भने जनताले भोग्नु पर्ने सास्तीको अन्त्य हुनुपर्ने चर्चा गरिएको थियो । 
 

Advertisement

Advertisement