सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमाः प्रेम सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताएका छन् । 

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको बिरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताए । 

Advertisement

सुवालले स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्नेकुरा संघीयता बिरोधी भएको बताए । उनले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन भएको बताए । 

सुवालले भने, ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन् । शिक्षा विधेयकको बिरोधको नाममा सडक अवरोध भएको छ । विधेयकमा केही विषय आपत्तिजनक भनेको छ । जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने यो संघीयता बिरोधी भयो भनेर आएको छ । राजनीति गर्न नपाइने भन्ने लेखेको छ । राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने । भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो । अनियमितता हुनु भएन् । देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति हो । शिक्षकले त्यति पनि बोल्न नपाउने भए यो विधेयक ब्यालेन्स भएन । त्यसकारण यो संघीयता बिरोधी भयो । अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो ।’

सांसद सुवालले शिक्षकहरुले भ्रष्टाचार गर्नु हुँदैन, अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्नेकुरा पनि राजनीति भएको बताए । 

Advertisement

Advertisement