शिक्षा विधेयकको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
काठमाडौँको माइतीघर मण्डलामा शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउँदै आज सडकमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिका । तस्बिरः विमलबहादुर विष्ट/रासस

Advertisement

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।  

Advertisement

उनका अनुसार पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।

Advertisement