शिक्षा मन्त्रालयका चालकले राति मापसे गरेर गाडी चलाउँदा दुर्घटना

Advertisement

काठमाडौं । शिक्षा मन्त्रालयका चालकले मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटना भएको छ । 

वी एबी ७३८५ नम्बरको शिक्षा मन्त्रालयको गाडीले राति दत्तात्रयमा एक कार र एक मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना गराएको हो । प्रहरीले चेकजाँच गर्दा चालकले अधिक मादक पदार्थ सेवन गरेको पाइएको मोटरसाइकल दुर्घटनामा पर्नेका एक आफन्तले बताए । 

Advertisement

दुर्घटनापछि शिक्षा मन्त्रालयको गाडीमा रहेका तीन जनामध्ये एक जना भाग्न सफल भएको र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले पनि अधिक मापसे गरेको पाइएको छ । 

प्रहरीको प्रारम्भिक अनुमानअनुसार उनीहरुले कुलेखानीतिर शुक्रबार रमाइलो गरेर फर्किएको र दिउसो सरकारी गाडी प्रहरी चेकजाँचमा पर्नसक्ने भएकले राति नै फर्किएको हुनसक्छ । 

चालकले पनि दुर्घटनाले क्षति भएको गाडीलाई भगाउने प्रयास गरे पनि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक र मोटरसाइकल पछाडी बस्ने व्यक्ति तथा शिक्षा मन्त्रालयको गाडीले ठक्कर दिएको गाडीका चालक घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको पीडित पक्षले जानकारी दिएको छ । 

undefined

undefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement