गमगढी बजारमा गए राति आगलागी हुँदा करोडौंको क्षति

Advertisement

काठमाडौं । मुगुको गमगढी बजारमा गए राति आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार राति १ बजे आगलगी भएको थियो । 

आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीयले तीन घण्टा प्रयास गरेपछि नियन्त्रण भएको थियो । आगलागीमा मानवीय क्षति नभए पनि करोडौं मूल्यको आर्थिक क्षति भएको छ । 

Advertisement

आगलागीबाट जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसलमा क्षति भएको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । तस्वीरः कविराज कार्की

Advertisement

Advertisement