काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेट गरेका छन् ।
आजै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका उनले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
आजै चिनियाँ र नेपाली टोलीबीच द्धिपक्षीय छलफल पनि भएको छ । हाङ्जाउबाट बेइजिङ गएपछि दाहाल र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
एक हप्ता चीनमा रहने दाहाल तिब्बत पनि पुग्ने कार्यक्रम छ ।