भक्तपुरमा राजा ज्ञानेन्द्रको भव्य स्वागत

Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गरेका गरेका छन् । उनी तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका थिए । 

त्यसक्रममा भक्तपुरवासीले राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएका थिए । गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका राजा ज्ञानेन्द्रको स्वागतमा स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरु उपस्थित भएका थिए । 

Advertisement

स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए । पछिल्लो समयमा राजा ज्ञानेन्द्रको लोकप्रियता बढ्दै गएको छ । 

भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका राजा ज्ञानेन्द्रले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए । स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर राजा ज्ञानेन्द्रको स्वागत र सम्मान गरेका थिए । 

Advertisement

Advertisement