गभर्नर अधिकारी र बोर्डका अध्यक्ष हमालबीच भेट, १२ करोडको सीमा बढाउनेबारे कुराकानी

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच भेटवार्ता भएको छ ।

भेटमा  पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

सो अवसरमा शेयर कर्जामा १२ करोडको सीमा हटाउने विषयमा पनि कुरा भएको जनाइएको छ । यस्तो सीमा हटाउन अर्थमन्त्रालयले दबाब दिँदै आए पनि गभर्नर अधिकारीले अटेर गर्दै आएका छन् । 

हाल शेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपियाँसम्म मात्रै पाउने व्यवस्था छ । यही व्यवस्थाका कारण शेयर बजारमा सुधार आउने नसकेको धेरै लगानीकर्ताको विश्लेषण छ । यो सीमालाई केही फराकिलो बनाउनका लागि उनीहरुले माग गर्दै आएका छन् । 

अर्थमन्त्री प्रकाशशरण महतले पनि यस्तो सीमा २० करोडभन्दा धेरै बनाउनुपर्ने बताउँदै आएका छन् । सीमा नबढ्दा ठूला लगानीकर्ताले लगानी गर्न असहज भएको छ । यस्तो सीमा कति कायम गर्ने ? व्यक्तिगत तथा संस्थागतलाई फरक फरक वा एउटै व्यवस्था गर्ने ? लगायतका विषय दुईबीच कुरा भएको स्रोतको भनाई छ । 

Advertisement

Advertisement