गोविन्द केसी र ईः उस्तै

Advertisement

काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि भन्दै डा. गोविन्द केसीले पटक पटक सत्याग्रहमा बसे । उनलाई साथ दिने पनि सातासात निस्किन्थे । 

केसीको अवस्था नाजुक भएको भन्दै सामाजिक सञ्जालदेखि केही मिडियामा व्यापक प्रचार गरिन्थ्यो र सरकारलाई घुँडा टेकाएको रुपमा नटकीय सम्झौताहरु हुन्थ्यो । जसको परिणाम आज नेपालका नर्सिङ शिक्षा पढाउने सयौं संस्था बन्द भए । हजारौं विद्यार्थी पढ्न विदेश जान बाध्य भएका छन् । अर्बौं रुपियाँ बाहिरिने गरेको छ । 

Advertisement

डा. केसीको आन्दोलनले न त स्वास्थ्य क्षेत्रमा न आमुल सुधार आयो, न शिक्षा क्षेत्रमा नै । यसको पछाडी नेपालका युवा विद्यार्थीसँगै यहाँबाट अर्बौं रुपियाँ रकम बाहिर पठाउने प्रयोजिक धन्दा थियो भन्ने अहिले आएर आम जनताले देख्न र महशुस गर्न पाएका छन् । 

तिनै केसीलाई साथ दिने, समर्थन गर्नेहरुको गिरोह अहिले ईःको पक्षमा उभिएका छन् । स्वतन्त्ररुपमा विजयी भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियता बढ्दै गएको बेला आफूलाई अभियान्ता भन्न रुचाउने ईःले फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाएरहेका छन् । यदि गोविन्द केसीले यसरी नै केन्द्रीय सरकारविरुद्ध आन्दोलन सुरु गरेको भए प्रहरीले उनलाई अस्पताल पुर्याइसकेको हुनेथियो । तर अहिलेको आन्दोलन बालेनविरुद्ध भएकाले सरकार रमिता हेरेर बसेको छ ।  

उनको उद्देश्य फुटपाथ व्यवसायीको हितका लागि भन्दा पनि बालेनको गतिलाई रोक्ने उद्देश्यबाट बढी प्रेरित देखिन्छ । ईः उभिन थालेसँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापा एकाएक सक्रिय भएका थिए । पछिल्लो समयमा निकै विवादित नेताको छवी बनाएका थापासहितको एउटा नागरिक समाजको ठूलो टिम ईः आदि नाममा प्रयोजित अभियान चलाउने र आफ्नो अभिष्ट पूर्ति गर्ने काम गर्छन् भन्ने विगतबाट नै देखिँदै आएको तथ्य हो । 

गगन थापा एण्ड समूहले चलाउने इनफ इज इनफ, ईः जस्ता अभियान र अभियान्ताहरु सामाजिक सञ्जालका कन्टेन्टहरु सामाजिक सञ्जालमा एकाएक भाइनल हुनु, ईःको फलोअरहरु ह्वात्तै बढ्नु जस्ता कुराहरुले यस्ता अभियान र अभियान्ताहरुले पश्चिमाहरुले समेत प्रवर्द्धन गरेको हुनसक्ने सहजै अनुमान लगाउन सकिन्छ । 

त्यसमाथि विपक्षी कतिपय नेताहरुले आफ्नो राजनीतिक फाइदाका लागि यस्तो अभियानलाई साथ दिने गर्दछन् । विगतमा गोविन्द केसीको चर्को विरोध गर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले भने ईःको पक्षमा बोल्न थालेका छन् । एमालेका योगेश भट्टराई जस्ता केही नेता पनि ईःको पक्षमा देखिएका छन् । आन्दोलनको प्रकृति र भित्री उद्देश्य हेर्दा डा. केसी र ईःको उठान एकै प्रकृतिको देखिन्छ । डा. केसीको आन्दोलनलाई व्यवसायी दुर्गा प्रसाइँले चिरफार गरेर असफल प्रायः बनाएपछि प्रयोजकहरुले केसीको नयाँ संस्करण ईः ल्याएको देखिन्छ । 

Advertisement

Advertisement