धुर्मुस सुन्तली फाउन्डेशनले पायो अग्रिम आयकर छुट

Advertisement

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अग्रिम आयकर छुट पाएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै कर छुट दिएको हो । 

अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७९ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिएको हो । 

Advertisement

फाउन्डेसनले भूकम्प पिडितका लागि सिन्धुपाल्चोकको गिरानचौर एकीकृत वस्ति परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा आयकर ऐन, २०५८ को दफा ९(क) को उपदफा (६) अनुसार असुल गर्नु पर्ने अग्रिम कर पूर्ण रुपमा छुट दिने निर्णय मिति २०८० असार ५ गते गरिएको हो ।  

फाउन्डेशनमा हास्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे रहेका छन् ।  

Advertisement