राहत शिक्षकहरुले सडकमै सुतेर बिरोध जनाए

Advertisement

काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार मध्यान्ह माईतीघर मण्डलामा भेला भई बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका हुन् । 

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । 

Advertisement

उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन् । 

Advertisement