नेपाल सुपर लिगमा एफसी चितवन क्लबको मार्की खेलाडीमा राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ आवद्ध

Advertisement

काठमाडौँ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि  नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।

गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच  यो आबद्धतामा सहमति भएको हो । 

Advertisement

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल  मङ्सिर ८ देखि पुस १४ गतेसम्म दशरथ रङ्गशाला काठमाडौंमा आयोजना हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् । 
 

Advertisement

Advertisement