एउटा व्यवसायीलाई एक खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने, १२ करोड कसैले लगानी गर्यो भने त्यहाँ जोखिम देख्ने ?

शेयर बजार ‘ओभर करेक्शन’ हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्न हुन्न’

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले शेयर बजार ‘ओभर करेक्शन’ हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताएका छन् । 

मंगलवार नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताए । खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताए । 

Advertisement

आ–आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्णक सबैले गर्दा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताउँदै उनले अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाई दिँदा ३० देखि ४० अर्ब बजारमा जाने र बजार चलायमान हुने बताए । खतिवडाले राष्ट्र बैंकले एउटा व्यवसायीले एक खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी गर्यो भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गरे । 

पूर्वमन्त्री खतिवडाले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताए । उनले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताए । खतिवडाले शेयर बजारमाथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताए । 

उनले शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही नभएपनि मनोवल बढ्ने दाबी गरे । खतिवडाले धितोपत्र बोर्डको भूमिका माथि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताए । उनले नेप्सेको हालत पनि ठिक नभएको बताए । 

खतिवडाँले टि प्लस २ भनिए पनि सो समयमा शेयर कारोबारको राफसाफ नहुने गरेको र शेयर कारोबारको सिस्टम पनि गतिलो नभएको बताए । उनले कुनैपनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताए । 

खतिवडाले संकटमा अर्थतन्त्र भएको मुलुकको सरकारको रवैया बढी भएको बताए । उनले  सरकारले संकट रहेको अर्थतन्त्रमा रवैया देखाउने भन्दा पनि तत्काल सुधारका केही काम गर्न आवश्यक रहेको बताए । खतिवडाले अर्थतन्त्रमा आएको समस्या अर्थतन्त्र अनौपचारिक क्षेत्रमा जाँदा समस्या आएको बताए । 

Advertisement

Advertisement