मीड सोलु हाइड्रोको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ?, यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि असोज २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज साँझ बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा आईपीओ बाँडफाँट गरिएको हो । 

Advertisement

सर्वसाधारणहरुलाई छुट्याइएको ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर ६२ हजार १ सय १५ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाएका छन् ।  

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल एनआइसी एसिया क्यापिटलको वेबसाइट www.nicasiacapital.com र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://midsoluhydropower.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गरेको हो ।  

सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई ७४ हजार ८ सय ४० कित्ता बिक्री गरिसकेको कम्पनीले कर्मचारीहरुलाई १४ हजार ९ सय ६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४ सय २० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।  

कम्पनीले सोलुखुम्बु जिल्लामा ९।५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ बाट विद्युत उत्पादन गर्दै आएको छ । 

undefined

Advertisement

Advertisement