सेनाको अभियानले हिमालबाट संकलन गर्यो १०८ टन फोहोर, समर्पणभावले काम गर्यौंः पाण्डे

Advertisement

काठमाडौं । नेपाली सेनाले हिमाल सफाइ अभियान सञ्चालन गरेर सगरमाथासहित विभिन्नबाट १०८ टन फोहोर संकलन गरेको छ ।

विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा  साथसाथै नामक संस्थाले आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा नेपाली सेनाको हिमाल सरसरफाई अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दरकुमार पाण्डेले सामूहिक सहकार्य, नीतिको प्रभावकारी कार्यान्वयन, सरकार र सरोकारवालाबीचको समन्वय र समर्पण भावले काम गर्दा हिमाल सरसफाई सम्भव भएको बताए ।

Advertisement

उनले भने, ‘केही सकारात्मक कदमहरु चालिँदा पनि आलोचना हुनु त्यति सुखद कुरा होइन । यद्यपि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाई सम्भव छ । यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्यक छ ।’

पाण्डेले नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाई अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले हिमाल सफाई अभियान सम्भव भएको बताए । उनले पछिल्लो चार वर्षमा सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरिएको बताए । 

पाण्डेले थपे, ‘सन् २०१९ बाट सुरु भएको हिमाल सफाई अभियान अन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहोर संकलन गरिएको छ ।’

भावी पुस्ताका लागि हिमाल सफा राखौं भन्ने मुल नारासहित सुरु भएको हिमाल सफाई अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउँदै उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले सहयोगको प्रशंसा गरे । पाण्डेले हिमाल सफाईको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकोले यो वार्षिकरुपमा चलिरहेको बताए ।

उनले भने, ‘जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाई अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ । २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । सन् २०२१, २०२२, २०२३ मा हिलमा बचाउ नारासहित नेपाल सरकार आठ लाख ३० हजारको बजेट विनियोजन गरेको छ ।’

नेपालको पर्यटन क्षेत्रको सबैभन्दा बढी राजश्व संकलन हुने हिमाल सफाई अभियानले स्थानीय जनजीविकामा पनि सकारात्मक प्रभाव पारिरहेको पाण्डेको भनाई छ । यस कामबाट सेनाको ज्ञान र क्षमतामा अभिवृद्धि भएको उनले बताए । 

Advertisement