सरकारले जहाज किन्ने निर्णय गर्न लागेको छः मन्त्री किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले जहाज किन्ने निर्णय गर्न लागेको बताएका छन् । 

विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले नेपाल वायुसेवा निगमका लागि सरकारले जहाज किन्ने निर्णय गर्न लागेको बताएका हुन् । 

Advertisement

किरातीले भने, ‘हामी जहाज किन्ने निर्णय गर्दैछौं । सस्तोदरमा मानिसले आवतजावत गर्न सकेको अवस्थामा पनि हाम्रो पर्यटनमा ठूलो योगदान गर्नेछ ।’ सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका साथ काम नहुँदा समस्या भएको स्वीकार गर्दै उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए । 


मन्त्री किरातीले निगमका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि कतिवटा जहाज किन्न लागेको हो ? स्रोत कसरी व्यवस्थापन गर्ने हो ? खुलाएनन् । उनले नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपालका मौलिक कुरालाई ब्रान्डिङ गर्नुपर्ने बताए । नेपालका पर्यटनको निकै ठूलो सम्भावना भएको ठाउँ भएको किरातीले बताए । 

उनले विश्वकै आठ हजार मिटरभन्दा बढी उचाईका आठ वटा हिमाल नेपालसँगै रहेको दुई छिमेकी मुलुकबाट एक प्रतिशत मात्रै पर्यटक भित्राउन सकियो भने नेपालको पर्यटनले ठूलो फड्को मार्ने बताए । 

Advertisement