सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ९ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement