पेप्सीकोलामा पेप्सी उत्पादक बरुण वेभरेजको निःशुल्क ‘आरु क्लिनिक’ सञ्चालन

Advertisement

काठमाडौं । राजधानीको पेप्सीकोला (पूरानो सिनामंगल)मा जनताको सेवा सुविधाको लागि भन्दै पेप्सीकोला उत्पादक कम्पनी बरुण वेभरेज प्रा.लि.ले ‘आरु क्लिनिक’ सञ्चालनमा ल्याएको छ । 

क्लिनिकमा सेवाग्राहीले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । क्लिनिकका प्रमुख विशाल सिंह ठाकुरका अनुसार वयोधा अस्पतालसँगको सहकार्यमा क्लिनिक सुरु गरेको बताए । 

Advertisement

उनले यस क्लिनिकले अधिकांश धेरैलाई फाइदा पुग्ने बताउँदै आफूहरुलाई लामो समयदेखि स्वास्थ्य सेवामा कार्यरत डाक्टरहरुको पनि साथ रहने बताए । 

काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागका रामप्रसााद पौडेलले जनताको स्वास्थ्य सेवासँग जोडिएको निःशुल्क क्लिनिकको थालनीले न्यून आयस्तरका मानिसहरुलाई बढी राहत पुग्ने बताए । 

Advertisement