प्राधिकरणको निलम्बनसँगै श्री र फिसटेलका दुई वटा हेलिकप्टर ग्राउण्डेड

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री र फिसटेल एयरको दुई वटा हेलिकप्टरलाई निलम्बन गरेको छ । 

प्राधिकरणको कारवाहीसँगै यी हेलिकप्टर ग्राउन्डेड भएका छन् । क्यान स्रोतका अनुसार सोलुखुम्बु क्षेत्रमा उडान गर्दाखेरी निकै कुहिरोले ढाँकेको दायाँबायाँ सय मिटर अगाडी समेत नदेखिने अवस्थामा एउटै हेलिप्याडमा ठोक्किने गरी चलाएकाले कारवाही गर्नुपरेको हो । 

Advertisement

स्रोतको भनाई छ, ‘हेलिकप्टरको रोटर विङ (पंखा)हरु छोला जसरी ल्याण्ड गरेको रहेछ । त्यसमाथि यात्रु हालेर । माथि उडान गर्ने, फेरि जान नसकेर बस्ने, पटक पटक गरेको रहेछ । भीएफआर उडान गर्नको लागि कम्तिमा भिजिबिलिटि पाँच किलो मिटर वा पाँच सय मिटर अगाडीसम्म देखिनुपर्छ । हेलिकप्टरको केसमा एक हजार पाँच सय फिट दायाँ बाँया देखिनुपर्छ । सय मिटर पनि नदेखिने अवस्थामा उडाएको रहेछ ।’  

हवाई सुरक्षा नियम उल्लङ्घन गरेर यात्रुलाई जोखिम सिर्जना गरेकोले छानबिनका आधारमा अर्को निर्णय नभएसम्मको लागि दुई वटा हेलिकप्टरहरु एएस३५० लाई आज बिहीबारबाट ग्राउन्डेड गरेको स्रोतको भनाई छ । 

Advertisement