इराकको एक विवाहमा भएको आगलागीमा मर्नेको संख्या ११४ पुग्यो, दुई सय बढी घाइते

Advertisement

काठमाडौं । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी मर्नेको संख्या ११४ पुगेको छ । 

उक्त घट्नामा दुई सय बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलवार राति आगो लागेको थियो । 

Advertisement

आगोको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताए । सिन्ह्वा–नान

Advertisement

Advertisement