कलाकारले ‘धनराज राम्रो छ’ भनिदिएकोले मैले चुनाव जितेंः मन्त्री गुरुङ

Advertisement

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा लड्ने बताएका छन् । 

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको दावी पनि गरे । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै गुरुङले कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको जिकिर गरे । 

Advertisement

उनले भने, ‘म गाउन जान्दिन तर सधैँ म समय पाएँ भने सुनिरहन्छु । मनमनै गुन्गुनाउन मन लाग्छ, गुन्गुनाउँछु बाहिर आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ । कलाकार साथीको सद्भाव र माया पाएको छु  । तपाईहरुले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ । नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा सधैँ लडेर तपाईहरुको बीचमा निष्ठाको राजनीतिका रुपमा उभिएर निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा उभिएर मर्न चाहन्छु ।’

बुथ क्याप्चर गरी मृत्यु भइसकेका तथा विदेश गएकाहरुको नाममा समेत भोट हालेर चुनाव जितेको भन्दै विपक्षीले गुरुङको आलोचना गर्दै आएका छन् । सोही विषयमा उनीविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको थियो । 

Advertisement

Advertisement