एलिजा इलाम– २ बाट चुनाव लड्ने, तर कुन पार्टीबाट ? टुंगो लाग्न बाँकी

Advertisement

काठमाडौं । अभिनेत्री तथा पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेकी छन् । 

केही हप्ताअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर तस्वीर खिचेकी उनले इलाम– २ बाट उम्मेदवार बन्ने भएकी हुन् । सो क्षेत्रबाट यसअघि निर्वाचन एमाले नेता सुवास नेम्वाङको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो । 

Advertisement

नेम्वाङका छोराहरुले पनि बाबु निर्वाचित भएको क्षेत्रमा उम्मेदवारी दिने इच्छा प्रकट गर्दै आएकी छन् । यसै भन्दर्भमा एलिजाले सो क्षेत्रबाट उम्मेदवारी दिने कुरा बाहिर ल्याएकी हुन् । उनी यसअघि नागरिक उन्मुक्ति पार्टीमा लागेकी थिइन् । तर सो पार्टीका संस्थापक रेशम चौधरीले वास्ता नगरेपछि पार्टी परित्याग गरी ओलीसँग नजिक भएकी हुन् । 

एक अनलाइन मिडियासँग कुरा गर्दै गौतमले भनेकी छन्, ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।’

एक फिल्म र केही म्युजिक भिडियोमा अभिनय गरेकी गौतमको फिल्म फ्ल्प भएको थियो । उनको यो निर्णय चुनाव उठ्ने उद्देश्यले भन्दा पनि चर्चामा आउने उद्देश्यले आएको देखिन्छ । 

Advertisement