प्यारामाउन्ट मोटर्सद्धारा भक्तपुरमा एमजीको दोस्रो शोरुम विस्तार, नयाँ चार्जिङ स्टेशन थपिने

Advertisement

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुम सञ्चालनमा ल्याएको छ । 

यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको भनाई छ । नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा नयाँ नयाँ शोरुम थप्दै कम्पनीले आफ्ना ग्राहकहरूलाई सेवा अझ बढाएको हो । 

Advertisement

यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको भनाई छ । कम्पनीका महाप्रवन्धक सचिन अर्यालले ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन सकिएको बताए । 

यस नयाँ शोरुममार्फत आफ्नो पहुँच विस्तार उच्चस्तरीय बिक्री पश्चात्को सेवा प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको भन्दै कम्पनीले नयाँ शोरुम विस्तारले एमजीलाई नेपालका अटोमोटिभ उत्साहीहरूको रोजाई बनाउने दिशामा थप अर्को कदमको प्रतिनिधित्व गरेको बताएको छ ।

हाल नेपालभर एसी र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पुर्याउने लक्ष्य राखेको छ । आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ । 

यी स्थानहरुमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने र एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसी चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ । त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी उसको चार्जिङ स्टेसनहरु रहेका छन् ।

Advertisement

Advertisement