पहिला ‘चेक–ओभर’ गर्छौं, त्यसपछि ‘टेक–ओभर’ गर्छौं: सिलवाल

सम्पूर्ण हिसावकिताव १० दिनभित्र बुझाउन बीमा संस्थानलाई प्राधिकरणको अल्टिमेटम

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले राष्ट्रिय बीमा संस्थानलाई १० दिनभित्र यथार्थ वित्तीय अवस्था र अहिलेसम्मको प्रगति विवरण पेश गर्न निर्देशन दिएको बताएका छन् । 

प्राधिकरणले संस्थानको अवस्था रुग्ण भएकाले ‘टेक–ओभर’ (नियन्त्रण गर्न लागेको समाचार आएको बेला सिलवालले आफूहरुले सबै विवरण दिनभित्र पेश गर्न भनेको बताउँदै त्यो विवरण आएपछि उपयुक्त निर्णय लिने बताए । सरकारी स्वामित्वको बीमा संस्थान ‘क्रोनिक’ भइसकेकाले ‘टेक–ओभर’ गर्नुपर्ने नै अवस्था रहे पनि तत्काल ‘टेक–ओभर’ गर्न पर्याप्त जनशक्ति नभएको अवस्थामा ‘पहिला ‘चेक–ओभर’ गर्ने र त्यसबाट पनि नभए ‘टेक–ओभर’ गर्ने बताए । 

Advertisement

प्राधिकरणले संस्थान ‘टेक–ओभर’को तयारी गरेको थाहा पाएपछि संस्थानका प्रशासक कवि पाठक प्राधिकरणको शरण पुगेका थिए । यसरी संस्थानको प्रशासक प्राधिकरणमा शरणमा पुगेको पहिलो पटक हो । आफूहरु छुट्टै ऐनबाट शासित रहेको र आफूहरुलाई नियमन गर्ने अर्थ मन्त्रालय भएको भन्दै संस्थानले मुख्य नियामकका नीति निर्देशनलाई नै लत्याउँदै आएको थियो ।   

सिलवालले भने, ‘संस्थानको अवस्था क्रोनिक भइसकेको छ । संस्था डुब्ने अवस्थामा ‘टेक–ओभर’ गर्ने प्राधिकरणले नै हो । अरुले गर्दैन् । ‘टेक–ओभर’ गर्ने भनेपछि हामीसँग त्यहीअनुसारको जनशक्ति पनि चाहियो । त्यसकारण पहिला ‘चेक–ओभर’ गरौं । हामीले १० दिनभित्र सबै हिसावकिताव ल्याउन भनेका छौं । अहिलेकै अवस्थामा सुधार गर्न सकिन्छ भन्ने अवस्था देखियो भने सुधार गर्न मौका दिने । नभए प्राधिकरणले नियन्त्रणमा लिएर सुधारका कार्यक्रम अघि बढाउँछ । बीमा संस्थान लथालिङ्ग बन्ने अवस्था आउन दिइन्न ।’ 

कुनै पनि बीमा कम्पनीको अवस्था बिग्रिदै जाँदा त्यसको जिम्मा लिने अधिकार सम्बन्धित निकायलाई हुने उनले बताए । सिलवालले थपे, ‘टेक–ओभर’ गर्ने कुरा भएको हो । तर त्यो गर्नलाई पनि त हामीले निर्णय गर्नुपर्ने हुन्छ । अहिले त्यस्तो निर्णय भइसकेको अवस्था होइन् । सबैभन्दा पहिला त हामीले अहिलेकै अवस्थामा सुधार्ने ठाउँ छ कि ? भनेर हेर्ने हो । त्यही सुधारको सम्बन्धमा प्राधिकरणले पनि आफ्नो कामकारबाही अघि बढाएको छ ।’

उनले बीमा संस्थानको अवस्था चाहिँ नाजुक नै देखिएको बताए । लामो समयदेखिको लेखापरीक्षण गर्न संस्थान असक्षम भएको र पूरानो हिसावकिताब लथालिंग भएको देखेकाले आफूहरुले संस्थानको सबै कुरा नियन्त्रण गर्न खोजको खुलासा गरे । सिलवालले थपे, ‘संस्थानको सबै कुरा नेगेटिभ गइरहेको छ । त्यसैले त हामीले सम्हाल्न खोजेका छौ नि । हामीले उसलाई यो यो डकुमेन्ट ल्याउ भनिसकेका छौं, समयसीमा तोकेर । त्यही हिसाब हेरेर हामी अगाडी बढ्ने हो ।’

संस्थानले बीमांकीय मूल्यांकन गरेपश्चात कसरी ‘टेक–ओभर’ गर्ने ? भन्ने बारेमा कुराकानी भएको बताउँदै उनले भने, ‘मेन कुरा उसैको कार्यकारी प्रमुखलाई बोलाएर हामीले कुराकानी गरेका छौं । हाम्रो बोर्डमा यही कुरा चलिसकेको छ । अर्थ मन्त्रायलमा पनि कुराकानी भएको छ । हामीले पनि सकेसम्म मिलाउन खोज्ने हो । पहिला उसले समाधान ल्याओस न । दश वर्ष अगाडीको क्यास फ्लो र आउने दश वर्ष पछाडीको प्रोजेक्सन पनि हामीले मागेका छौं । उसले के ल्याउँछ ? त्यतिकै त बीमा चल्दैन नि ।’

अध्यक्ष सिलवालले बीमा संस्थान बीमा व्यवसाय गर्ने कम्पनी भएकाले यसको अवस्था बिग्रियो भने ‘टेक ओभर’को अधिकार प्राधिकरणमा निहीत रहेको बताए । उनले 
 यसमा अर्थ मन्त्रालयले अवरोध गर्ननसक्ने संकेत गरे ।  उनले ‘टेक–ओभर’को कुरा चले पनि निर्णय नभएको पटक पटक दोहोर्याउँदै यसमा अर्थ मन्त्रालयले पनि सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

दुई दिनअघि प्राधिकरणकै एक उच्च निर्देशकले बीमा संस्थानको अवस्था निकै क्रोनिक भइसकेकोले ‘टेक–ओभर’को विकल्प नरहेको बताएका थिए । 

Advertisement