रुप ज्योतिले नयाँ ब्राण्डको दुई पांग्रे विद्युतीय सवारी साधन भित्राए, दशैंपछि बिक्री सुरु

Advertisement

काठमाडौं । व्यवसायिक घराना ज्योति समूहका अध्यक्ष समेत रहेका व्यवसायी डा. रुप ज्योतिले नयाँ ब्राण्डको दुई पाँग्रे विद्युतीय सवारी साधन नेपालमा भित्राएका छन् । 

हिरो ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु बिक्री गर्दै आएका उनले दशैंपछि नै नयाँ ब्राण्डका विद्युतीय सवारी साधनहरुको बिक्री शुभारम्भ गर्ने तयारी गरेका छन् । उक्त समूहले नयाँ ब्राण्डको नाम भने खुलाउन चाहेन् । ४० वटा मोटरसाइकलहरु ल्याइसकेको र ४० वटा ल्याउने क्रममा रहेको ज्योति समूहले संभवतः दशैं लगत्तै बिक्री शुभारम्भ गर्ने तयारी गरेको छ । 

Advertisement

यसअघि कर्पोरेट नेपालसँगको कुराकानीमा व्यवसायी ज्योतिले अबको भविश्य विद्युतीय सवारी साधन (ईभी)को भएकाले आफूहरुले पनि दुई पाँग्रे ईभी ल्याउन लागेको जानकारी दिएका थिए । अरुभन्दा फरक र आकर्षक विशेषताका यी दुई पाँग्रे ईभीको मूल्यहरु पनि बिक्री शुभारम्भकै क्रममा सार्वजनिक गर्ने तयारीमा छ ।  

Advertisement

Advertisement