सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय ११ दिन थपियो, अब २८ गतेसम्म भर्न पाइने

Advertisement

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय ११ दिन थप भएको छ । 

इच्छुक लगानीकर्ताहरुले अब असोज २८ गते कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । यसैबीच हिजो असोज १६ गतेसाँझसम्म ७ लाख ३२ हजार ९ सय ५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा धेरै कम हो ।   

Advertisement

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख ७३ हजार २ सय ५० जनाले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ता पाउने छन् । 

सेबोनबाट कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपियाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपियाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाहरुका लागि रु. १०० अंकित मूल्यमा रु। १२५ रुपियाँ प्रिमियम थप गरी प्रतिशेयर रु। २२५ रुपियाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो । 

उक्त शेयरमा स्थानीय बासिन्दाहरुले १ लाख ३४ हजार ५ सय २० कित्ताका लागि मात्र आवेदन दिएका थिए र रीतपूर्वक आवेदन दिएका शेयर बाँडफाँट गरिसकेको छ । 

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५ सय ६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता बाँडफाँट गरिसकेको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी दिएको छ । 

Advertisement