निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी

Advertisement

काठमाडौं । सरकारले ल्याउन लागेको निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको आज बुधवार पनि आन्दोलन जारी राखेका छन् । 

सोमवारदेखि नयाँ निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् । 

Advertisement

आज माईतीघर मण्डलामा पानी परेको समयमा समेत उनीहरुले आफ्नो आन्दोलन यथावत राखे । स्थानीय तह कर्मचारी केन्द्रिय सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले नयाँ निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । 

सङ्घर्ष समितिका संयोजक दीपक गौतमकाअनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, कुनै पनि तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने माग राखेका छन् । 

उनीहरुले एकीकृत निजामति सेवा ऐन जारी गर, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गरलगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए । 

Advertisement