आफ्नै पार्टीको सरकार हुँदा महरालाई राहत, मुद्दा चलाउनुनपर्ने सीआईबीको निष्कर्ष

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई मुद्दा चलाउनुनपर्ने निष्कर्ष निकालेको छ । 

विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा प्रत्यक्षरुपमा मुछिएका उनलाई सीआईबीले उन्मुक्ति दिएको हो । सभामुख समेत भइसकेका महरालाई आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेकाले राहत मिलेको हो । 

Advertisement

सीआईबीले उनका छोरा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ । पटक पटक सुन तस्करीसँग सम्बाद गरेको तथ्य बाहिरिए पनि उनलाई मुद्दा नचलाउने तयारी सीआईबीले गरेको हो । 

सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरे पनि नेता महरालाई भने मुद्दा चलाउनुनपर्ने सुझाव दिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो । उक्त सुन छुटाउने क्रममा महरा र उनका छोराले सयौं पटक तस्करहरुसँग टेलिफोन सम्बाद गरेको तथ्य प्रहरीले नै सार्वजनिक गरेको थियो ।  

भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि महराका बाबुछोरासँग ताकेता गरेको र पछि भन्सारका अधिकृत रेवन्त खड्कासहितको मिलेमतोमा उक्त सुन बिक्री गरिएको थियो । 

त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि सीआईबीलाई जाहेरी दिएका थिए । सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २०७० असार २७ मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । 

मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो । महराका छोरा भने यसअघि नै पक्राउ परेका छन् । 

Advertisement

Advertisement