अध्यागमन विभागका सबै कार्यालयहरुमा अब अनलाइन प्रविधिबाट सेवा

Advertisement

काठमाडौं । अब अध्यामन विभागका सबै शाखाहरुमा ‘डिजिटल्ली’ काम हुने विभागले दावी गरेको छ । यसअघि यस्तो आधुनिक सेवा नहुँदा यात्रुहरुले सास्ती खेपनु पर्दै आए पनि अब भने त्यस्तो सास्तीको अन्त्य हुने विभागले जिकिर पनि गरेको छ । 

हुम्लाको टक्लाकोटमा रहेको अध्यागमन कार्यालयमा मात्र डिजिटल प्रविधिमा जान बाँकी रहेको, बाँकीमा सबै डिजिटल प्रविधिबाट सेवा प्रवाह हुने भन्दै विभागका निर्देशक खिमलाल भुसालले टक्लाकोटमा पनि डिजिटल प्रविधि  लैजान काम तीब्र गतिमा भइरहेको बताए । 

Advertisement

उनले भने, ‘छिटै नै हामी त्यहाँको अध्यागमनमा पनि डिजिटल प्रविधिमा जाँदैछौं । त्यहाँ पनि डिजिटल प्रविधि जडान भयो भने देश भरिका अध्यागमन कार्यलयहरु सबै अनलाइन प्रविधिमा सञ्चालन हुन्छ । हामी एक महिनाभित्र देशभर रहेका १५ वटै अध्यागमन कार्यालयहरु सबै अनलाइनमा आवद्ध हुनेछन् ।’

भुसालले कोरोना महामारीपछि आउनेभन्दा प्रस्थान गर्नेको संख्या हरेक दिन धेरै हुने गरेको बताउँदै यद्यपि पछिल्लो समय नेपाल आउने पर्यटकहरुको संख्यामा भने वृद्धि भएको बताए । गएको वर्षको तथ्याङ हेर्दा बाहिरिने भन्दा भित्रिने पर्यटकहरु धेरै रहेको उनले बताए । पछिल्लो समय नेपाल आएर ट्रेकिङ (पदयात्रा)मा जाने पर्यटकहरुको संख्या बढेको छ । 

Advertisement