Advertisement

काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो । 

धामी मलेसियन एयरलाइन्सबाट काठमाडौं ओर्लिएका थिए । जब उनले ल्याएको टेलिभिजन एक्सरे मेसिन (मेटल डिटेक्टर)मा हालियो, मेसिनले सुन देखायो । धामीले राजश्व छुटमा ल्याएको टेलिभिजनमा ५१० ग्राम सुन भेटिएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्ति श्रेष्ठले पुष्टी गरे। 

Advertisement

भन्सार कार्यालयले इलेक्ट्रोनिक सामान ल्याउँदा सतर्क हुन भन्सार कार्यालयले बारम्बार सचेत गराउँदै आएको छ । तर विदेशबाट फर्किनेहरुले भने अटेर गर्दै र हेप्दै सुन बोकेर आउने गरेको पाइन्छ । 

श्रेष्ठले कर्पोरेट नेपालसँग भने, ‘हामीले पटक–पटक इलेक्ट्रोनिक सामान ल्याउँदा सतर्क रहन भनिरहेका छौं । तर यसको पालना भएको देखिदैन् ।’ 

सिन्धुली घर भएका धामीले ल्याएको टेलिभिजनामा सुन भेटिएसँगै उनलाई भन्सार कार्यालयले गौशाला प्रहरीलाई बुझाएको छ । धामीविरुद्ध अब भन्सार छलिमा अनुसन्धान चल्ने प्रहरीको भनाई छ । उनले ल्याएको सुन सोमबारको बजार मूल्य अनुसार रु. ४७ लाख ४८ हजार बराबरको रहेको छ, जसमा १५ प्रतिशत भन्सार महसुल लाग्नेछ गर्छ । सो सुनको भन्सार रु. सात लाख १२ हजार तिर्नुपर्छ । 

गत साउन २ गते त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास पार गरेर ६०.७१६ किलो सुन विमानस्थल बाहिर पक्राउ परेपछि सुन तस्करीमा कडाई गरिएको छ । 

Advertisement

Advertisement